एसियन लाइफ इन्सुरेन्सले पायो ६०% हकप्रद सेयर बिक्रि गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौ - एसियन लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

एसियनले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ । 
प्रकाशित मिति : Tuesday, February 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal