छ्याङ्दी हाइड्रोपावरको खुद नाफा ३३.०२% ले वृद्धि, जगेडा कोष र प्रतिसेयर अम्दानी कति ?


काठमाडौं - छ्याङ्दी हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ३३.०२% ले वृद्धि गरि १ करोड २ लाख ४६१ रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष यसले ७६ लाख ६७ हजार ९६७ रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता,कम्पनीले सञ्चालन नाफा पनि २ करोड ६५ लाख २ हजार ४३० रुपैयाँबाट वृद्धि गरी २ करोड ७० लाख ६७ हजार ८०२ रुपैयाँ पुर्याएको छ । बिजुली बेचेर प्राप्त हुने आम्दानी भने ३ करोड २९ लाख रुपैयाँबाट घटेर ३ करोड २२ लाख ५९ हजार ८५५ रुपैयाँमा झरेको छ । 

यो दोस्रो त्रैमासमा कम्पनीको सेयर पुँजी २७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड ७१ लाख ८९ हजार ५९४ रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर अम्दानी ३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३७ पैसा छ ।
प्रकाशित मिति : Tuesday, February 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal