सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन वीमा खरिद गर्न सकिने


काठमाडौं - सिभिल बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिज्नेस अफिसर सुजित कुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

सानीमा लाइफ इन्स्योरेन्सले जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताएका छन् ।

सिभिल बैंकले यस अघि जीवनवीमा कम्पनीहरु त्था निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवनवीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रकाशित : Thursday, February 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal