गरिमा रेमिटको भुक्तानी जिएमइ रेमिटका सबै एजेन्टबाट हुने

काठमाडौँ - गरिमा विकास बैंकले सुपर एजेन्टको रुपमा काम गर्न जि.एम.इ रेमिटसँग सम्झौता गरेको छ । सम्झौतामा रेमिटका तर्फबाट प्रमुख संचालन अधिकृत प्रमोद मान सिंह बस्नेत र बैंकको तर्फबाट नायव महा–प्रबन्धक माधव प्रसाद उपाध्ययायले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार गरिमा रेमिट मार्फत पठाएको रकम जिएमइ रेमिटको ८ हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्ने छ भने जिएमइ रेमिट मार्फत नेपालीहरुले विदेशबाट पठाएको रकम गरिमा विकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्दै आइरहेको छ ।

हालजि.एम.इ रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान, इजरायल, दुबई लगाएतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।
प्रकाशित : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal