ग्लोबल आइएमई बैंकको १५ लाख इकाई ऋणपत्र बुधबारदेखि आउँदै, क-कसले पाउँछ भर्न ?


काठमाडौं - ग्लोबल आइएमई बैंकले १५ लाख इकाई ऋणपत्र बुधबार (फागुन १५ गते)देखि जारी गर्ने भएको छ । बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गर्न लागेको हो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

बैंकले जारी गर्न लागेको १५ लाख इकाई ऋणपत्र मध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।

लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म आवेदन दिन सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : Tuesday, February 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal