×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकद्धारा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकद्धारा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकको तालचोक शाखाले पोखरा महानगरपालिकामा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । 
बैंक तालचोक शाखाका शाखा प्रवन्धक सुशिल पौडेलले बैंकवाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, सम्पत्ती शुद्धीकरण, एटिएम कार्ड, बचत लगायतका विषयमा प्रशिक्षण दिएका थिए । 
कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजका व्यवस्थापन समितिका अध्यक्ष बावुराम गिरिले यस्ता साक्षरता कार्यक्रमले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष लाभान्वीत हुने अपेक्षा गरेको बताए ।
सोही कार्यक्रममा वोल्दै त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतमले व्यवहारिक ज्ञान अभिवृद्धीको लागि यस साक्षरता कार्यक्रमले टेवा पु(याउने जानकारी व्यक्त गरे । 
आगामी दिनहरुमा पनि यस किसिमका वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुको ब्यवहारिक ज्ञान अभिवृद्धीका लागि इन्ट्रान्शीप, जेहेन्दार विद्यार्थीलाई रोजगारी लगायतका विषयमा समन्वय गर्न सकिने बैकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्यले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: