हिमालयन बैंकद्धारा दुर्घटना मृत्यु बीमा रकम प्रदान

काठमाडौं - हिमालयन बैंकले दुर्घटना मृत्यु बीमा रकम स्व.खनाल पत्नीलाई बीमा रकम वापत ५ लाख प्रदान गरेको छ । बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यू बिमा” वापत प्राप्त हुने ५ लाख हस्तान्तरण प्रदान गरेको हो ।

बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको रु. ५ लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे ।

मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको जानकारी दिएका छन् ।
प्रकाशित मिति : Wednesday, February 20, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal