×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरापालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरापालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्सले हरिपुर नगरपालिकाकोसम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा उक्त सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् ।
सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरावासीको भैतिक सम्पत्ती, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात नगरवासीको सम्पत्तीको कुनै क्षेति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: