×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी फाइनान्सका ग्राहकले लाइफ इन्स्योरेन्स कर्पोरेशनको जीबन वीमा सम्बन्धी सम्पूर्ण सेवा लिन पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

जानकी फाइनान्सका ग्राहकले लाइफ इन्स्योरेन्स कर्पोरेशनको जीबन वीमा सम्बन्धी सम्पूर्ण सेवा लिन पाउने

काठमाडौं – एलआईसी नेपाल र जानकी फाइनान्स कम्पनी लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ । जनकपुरमा आयोजित एक समारोह बीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंह र एलआईसी नेपालको तर्फबाट बित्त विभाग प्रमुख विपिन कुमार लालले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सिंहले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट प्रदान गर्ने बताएका छन् ।
कार्यक्रममा एलआईसी नेपालका बित्त विभाग प्रमुख विपिनकुमार लालले जानकी फाइनान्समार्फत जीवन बीमा सेवा दिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जीवन बीमा लिन चाहने ग्राहकले ढुक्कका साथ जानकी फाइनान्स कम्पनीमार्फत बीमा पोलिसी लिन आग्रह गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: