×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीबन बीमा पोलिसिहरु लिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीबन बीमा पोलिसिहरु लिन सकिने

काठमाडौं – कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका हुन् ।
बैंकका सबै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
मुलुकभर फैलिएको ६३ वटै शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याङ्किङ, मोबाइल व्याङ्किङ्, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: