×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ४ कम्पनीको १ करोड ८० लाख ७१ हजार ८६७.३० कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

PRIME CA

नेप्सेमा ४ कम्पनीको १ करोड ८० लाख ७१ हजार ८६७.३० कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जमा बिहिबार ४ कम्पनीको १ करोड ८० लाख ७१ हजार ८६७.३० कित्ता सेयर सुचिकृत भएको छ । बिहिबारको कारोबारमा सुचिकृत हुनेमा चिलिमे हाइड्रोपावर कम्पनी लि., किसान माइक्रोफाइनान्स वित्तीय संस्था लि., सेञ्चुरी बैंक लि. र एनआइसी एसिया बैंक लि. रहेका छन् । 
नेप्सेमा २ / २ कम्पनीको बोनस सेयर र हकप्रद सुचिकृत भएको छ । नेप्सेमा सबै भन्दा बढी सेयर एनआइसी एसिया बैंकको ८० लाख ३१ हजार ११७ कित्ता र त्यसपछि चिलिमे हाइड्रोपावर कम्पनीको ७९ लाख ३० हजार २२६.३० कित्ता बोनस सेयर सुचिकृत भएका छन् भने सेञ्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता सेयर र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर सुचिकृत भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: