×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल टाइममा खाता खोल्न मिल्ने गरि माछापुच्छ्रे बैंकले ल्यायो ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

रियल टाइममा खाता खोल्न मिल्ने गरि माछापुच्छ्रे बैंकले ल्यायो ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं – माछापुच्छ्रे बैंकको रियल टाइममा खाता खोल्न मिल्ने गरि नयाँ ५ शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको छ । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा ५ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले चितवनको इच्छाकामना गाउँपालिका (स्थितफिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिकास्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
देशभरि ६१ शाखा रहित बैकिङ्गसेवा, १५४ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकमजम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड उपलब्ध गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: