×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्चीका ‘लोकल ठेकेदार’हरुको चेतावनी, ‘हाम्रो बक्यौता रकम भुक्तानी नगरी काम अघि बढ्न दिन्नौं’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

मेलम्चीका ‘लोकल ठेकेदार’हरुको चेतावनी, ‘हाम्रो बक्यौता रकम भुक्तानी नगरी काम अघि बढ्न दिन्नौं’ (भिडियो)

  • अर्थ असरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले ठप्प रहेको मेलम्ची आयोजना छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ । आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आयोजनाबाट नेपाली व्यवसायीहरुको झण्डै डेढ अर्व भुक्तानी हुन बाँकी रहेको भन्दै कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ । 
संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले बाँकी भुक्तानी नभए सम्म काम अगाडी बढ्न नदिने पनि चेतावनी दिए । भुक्तनी प्रक्रिया अगाडी न बढ्दा उप आयोजना अन्तरगत काम गरिरहेका निर्माण कम्पनीहरुले पनि काम नगर्ने भएको संयोजक न्यौपानेले बताए ।
समयमै भुक्तानी नगरेको कारण मुख्य ठेकेदारले ठेक्का तोडेर गएको अवस्थामा आफूहरुको भुक्तानीको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने संघर्ष समितिले माग गर्दै आएको छ । हेरौं भिडियो रिपोर्ट 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: