×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको खुद नाफा १५.२८% वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकको खुद नाफा १५.२८% वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – एनएमबि बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।  सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १५.२८% ले बढोत्तरी गरि १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपैयाँ  पुर्याएको छ । गत वर्ष एनएमबिले ९६ करोड २७ लाख ९० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमस: ४९.२३% र  १८.८०% ले वृद्धि गरेको छ । गत वर्ष १ अर्ब ३४ करोड ३९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर २ अर्ब ५५ लाख ३३ हजार रुपैयाँ पुर्याएको छ । बैंकले सञ्चालन नाफा १ अर्ब ५६ करोड १६ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले ८८ अर्ब ७ करोड ९ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ३७ करोड ५६ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख २७ हजार रुपैयाँ रहेको छ ।
यस त्रैमासमा बैंकको खराब कर्जा ०.७६% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ भने २०५ रुपैयाँ ७१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: