×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागबेली लघुवित्तको भएन प्रगति, खुद नाफा ९.७८% ले गिरावट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

नागबेली लघुवित्तको भएन प्रगति, खुद नाफा ९.७८% ले गिरावट

काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा १ करोड ७ लाख १२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ९.७८% ले कम हो । गत वर्षको यसै अवधिमा संस्थाको खुद नाफा १ करोड १८ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
नागबेलीले खुद ब्याज आम्दानी ४२.३१% ले बढोत्तरी गरि ३ करोड ५५ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष संस्थाले २ करोड ४९ लाख ५३ हजार खुद ब्याज आम्दानी रहेको थियो । सञ्चालन नाफा पनि ४९.७२% ले बढाएर १ करोड ६८ लाख ३४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ करोड १२ लाख ४३ हजार रहेको थियो ।
संस्थाले २७ करोड ९१ लख ४९ हजार निक्षेप संकलन गरि ७३ करोड २२ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ३६ लाख ६५ हजार रुपैयाँ जम्मा गरेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ १६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: