×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! नेपाल एग्रो लघुवित्तको आइपिओ आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! नेपाल एग्रो लघुवित्तको आइपिओ आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ आउने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता आइपीओे बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्ध तोकिएको छ । 
नेपाल एग्रोको केन्द्रीय कार्यालय पोखरामा रहेको छ । राष्ट्र बैंकले यस लघुवित्तलाई २०७३ असोज ४ गते सञ्चालन अनुमति दिएको थियो । हाल यसको चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । कम्पनीले कास्की, पर्वत, प्युठान, बाग्लुङ, गुल्मी, रोल्पा, तनहुँ, सल्यान, पाल्पा र लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: