×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा

काठमाडौँ – नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको रामापुर कोलोनीमा शाखा स्थापना गरेको छ । शाखाको उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बैंकले दिने सेवा तथा सुविधाका विषयमा जानकारी दिएको थिए । 
त्यस्तै सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीले स्थानीय जनताहरुको आवश्यकता र भावनालाई बुझेर काम गर्दै जिवनस्तर उकास्न बैंक सफल रहने विश्वास व्यक्त गर्नुभयो । बैंकले विशेष गरी ग्रामीण क्षेत्रमा छरिएर रहेको अनुत्पादक पूँजीलाई संकलन गरी कृषि, उर्जा, र साना तथा घरेलु उद्योगका क्षेत्रमा कर्जा प्रवाह गर्ने उद्देश्य राखेको छ । 
बैंकले रुपन्देहीका अन्य क्षेत्रमा पनि शाखा संचालनको क्रममा रहेको जानकारी समेत दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: