ङादी ग्रुप पावरको ३०% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

काठमाडौं - ङादी ग्रुप पावरको ३०% हकप्रद सेयर बिक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डसँग कम्पनीले १०ः३ अनुपातमा १६ लाख ६ हजार ६६४.४० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ । यस हकप्रदमा सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२।७३ कै साधारण सभाबाट उक्त हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेपनि अहिले बल्ल निष्कासन प्रक्रियामा जान लागेको हो । यस कम्पनीको सेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँ छ । हकप्रद निष्कासनपछि चुक्ता पुँजी ६९ करोड ६२ लाख २१ हजार रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Monday, February 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal