पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता आइपिओ सोमबारदेखि आउँदै, न्यूनतम १० कित्तादेखि भर्न पाइने

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला हुने मिति : फागुन १३ गते
कित्ता : १७ लाख ५० हजार २५० कित्ता सेयर
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ९ हजार ६२० कित्ता

विवरण : 
पाँचथर पावर कम्पनीले सोमबार (फागुन १३ गते)देखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये कर्मचारीलाई २% अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५% अर्थात ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
प्रकाशित : Sunday, February 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal