×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रैराङ हाइड्रोपावरले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ५९८.७२% वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

रैराङ हाइड्रोपावरले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ५९८.७२% वृद्धि

काठमाडौं – रैराङ हाइड्रोपावरले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा  ५९८.७२% वृद्धि गरि७४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले १० लाख ७३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानीमा भने गत वर्ष तुलनामा २.८६% ले घटेको छ । कम्पनीको बिजुली बिक्रीबाट १६ लाख ६७ हजार रुपैयाँमा आम्दानी भएको छ । बिजुली बिक्रीबाट आम्दानी घटे पनि अन्य स्रोतबाट ६५ लाख ८३ हजार रुपैयाँ कमाई गरेका कारण खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।
यो दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा भने आकर्षक प्रगति भएको छ । कम्पनीको सञ्चालन नाफा ४३४.५४% ले बढेर ७९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस हाइड्रोको सञ्चालन नाफा १४ लाख ८४ हजार रुपैयाँ रहेको थियो । 
कम्पनीको सेयर पुँजी ५६ कारोड रुपैयाँ छ भने जगेडा कोषमा ३८ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: