×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा कम्पनीको उपशाखा बझाङ र डोटीमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय बीमा कम्पनीको उपशाखा बझाङ र डोटीमा

काठमाडौँ – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा आफ्नो उपशाखा बिस्तार गरेको छ ।
फागुन ३ गते बझाङको जय पृथ्वी नगरपालिका वाड नं १० चैनपुर तथा फागुन ६ गते सोमबार डोटीको दिपायल सिलगढी ६ मा उपशाखाहरु संचालनमा ल्याएको हो । हाल सञ्चालनमा आएका उपशाखाबाट मोटर बीमा, सम्पती बीमा, ईन्जिनियरिङ बीमा, स्वास्थ्य बीमा लगाएत सबै प्रकारका निर्जीवन बीमाका बीमालेख जारी गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले कार्यालयले बीमाको पहुँच बढाउन सहयोग गर्ने जानकारी दिए । यसरी दिपायल सिलगढीकी नगर प्रमुख मञ्जु मलासीले बीमाको विकासले आर्थिक विकासमा सहयोग पुर्याउनेमा समेत जोड दिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: