×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तको खुद नाफा ८५.९१% वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

सामुदायिक लघुवित्तको खुद नाफा ८५.९१% वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १ करोड ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा तुलनामा ८५.९१% ले धेरै हो । गत वर्ष कम्पनीले ५३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता संस्थाको सञ्चालन नाफा ३ करोड ६९ लाख २४ हजारबाट बढेर ४ करोड ४१ लाख २१ रुपैयाँ पुगेको छ । संस्थाले निक्षेप संकलन ३ करोड ८६ लाख ९८ हजार रुपैयाँ गरेको छ भने कर्जा लगानीमा ८४ करोड ६७ लाख ६५ हजार रुपैयाँ रहेको छ । 
हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । रिजर्भ कोषमा ४ करोड ६७ लाख ६६ हजार जम्मा भएको छ । गत वर्ष रिजर्भमा २ करोड ४० लाख ६५ हजार रुपैयाँ मात्र थियो ।
संस्थाको खराब कर्जा १.३५% रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: