×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । 
सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा हाल सञ्चालनमा रहेको बैंकका ८० वटै शाखाको भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन ।
बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा विशेष छुट दिनलाई सहयोग गर्न लागिएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: