×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टको ४४ लाख कित्ता आइपिओ सोमबारदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

शिवम् सिमेन्टको ४४ लाख कित्ता आइपिओ सोमबारदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

आइपिओ नोटिस :
कम्पनी : शिवम् सिमेन्ट
खुला हुनेको मिति : सोमबार, फागुन ६ गते
भर्ने अन्तिम मिति :  फागुन ९ गते
कित्ता : ४४ लाख कित्ता
प्रति कित्ता मूल्य : ३००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४४ लाख कित्ता 
विवरण : 
शिवम् सिमेन्टको ४४ लाख कित्ता आइपिओ सोमबारदेखि बिक्रि खुल्ला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ३०० रुपैयाँको दरमा सर्वसाधारणले ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने जनाएको छ । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । 
यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री गर्न लागिएको हो । यो आइपिओ फागुन ६ गतेदेखि ९ गते सम्म खुल्ला हुने भएको छ।  उक्त समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा  चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: