सूर्योदय लघुवित्तले फागुन ११ गते बोलायो बिशेष साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एसजिएम नोटिस :
कम्पनी : सूर्योदय लघुवित्त वित्तीय संस्था
इभेन्ट : बिशेष साधारण सभा
हुने मिति : शनिबार (फागुन ११ गते)

विवरण : 
सूर्योदय लघुवित्त वित्तीय संस्थाको बिशेष साधारण सभा शनिबार (फागुन ११ गते) हुने भएको छ । कम्पनीले यसअघि गत पुस ७ गते वार्षिक साधारण सभा बोलाएको थियो ।

त्यस एजीएमले लगानीकर्तालाई ४२.७५% बोनस सेयर र कर तिर्न २.२५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । साथै, बोनस सेयरपछि कायम पुँजीको ५०% हकप्रद ल्याउने प्रस्ताव पनि अनुमोदन गरिएको थियो ।

पेस गर्ने प्रस्तावहरु :
कार्य क्षेत्र विस्तार गर्ने ।
मर्ज तथा एक्वायरका लागि सञ्चालक समितिलाई सबै काम गर्न सबै अधिकार दिने ।
 प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने ।

एजिएम हुने स्थान र समय :
पुतलीबजार नगरपालिका वार्ड नं. १ स्याङजास्थित जिल्ला समन्वय समितिको सभा हलमा
प्रकाशित मिति : Tuesday, February 19, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal