बिहीबारको सार्वजनिक बिदा : अरु सार्वजनिक बिदाका दिन बिदा नपाएका बैंकरहरुलाई पनि बिदा !


काठमाडौँ- सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न ४ सदस्यीय छानविन समिति गठन पनि गरेको छ । 

पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो । सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोली बिहिबार राष्ट्रिय शोक मनाउदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

यध्यपि सार्वजनिक विदाका दिन बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई बिदा नदिने चलन विकृतिकै रुपमा रहेका बेला भोलि भने बैंकहरु पनि बिदा हुने भएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुले बैंक भोलि बिदा हुने र होलिडे काउन्टरहरुभने खुल्ला रहने बताएका छन् । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले पानी भोलि सार्वजनिक विदा भएकाले होलीडे काउन्टर बाहेक बैंकका कामहरु नहुने बताएका छन्।  यसअघि विभिन्न सार्वजनिक बिदाका दिन बैंकरहरुलाई बिदा नदिने गरिएको थियो ।  


प्रकाशित : Wednesday, February 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal