×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आँगन मिठाइमा मिठाइ खान आएका व्यक्तिले झोला छोडेर गए… त्यसपछि मच्चियो बम आतंक…’ (थप विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘आँगन मिठाइमा मिठाइ खान आएका व्यक्तिले झोला छोडेर गए… त्यसपछि मच्चियो बम आतंक…’ (थप विवरणसहित)

काठमाडौँ – कमलपोखरीस्थित आँगन मिठाइ अगाडी भेटिएको शंकास्पद बस्तु बम नभएको खुलासा भएको छ । आँगन मिठाइमा मिठाइ खान आएका एक व्यक्तिले मिठाइ खाएर झोला छोडेर गएपछि उक्त झोला शंकास्पद बस्तु भएको भन्दै बम आतंक मच्चिएको थियो । यता नजिकै भेटिएको प्रेसर कुकरभित्र पनि बालुवामात्र भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाले उक्त बस्तु डिस्पोज गरिसकेको छ । 
यता ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयभित्रै भने शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटमा ३ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनामा परी घटनामा परी २सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएको बताईएको छ । उनीहरूको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोटका कारण वरपरका घरहरुमा पनि क्षति पुगेको छ । यता गृहमन्त्रालयका प्रवक्ताले भने घटनाबारे आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । 
यस्तै नक्सालस्थित आँगन मिठाइ अगाडी पनि बम भेटिएको छ । उक्त बमलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: