×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको पुष्टी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

Breaking : हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको पुष्टी !

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएको छ । उनीसहित हेलिकप्टरमा सवारटानको डाइरेक्टर, यती एयरलाइन्सको प्रवन्ध निर्देशक आङछिरिङ शेर्पासहित ७ जना सवारसबैको निधन भएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले मृत्युको पुष्टी गरिसकेको छ।

घटनापछी सिंहदरबारमा आकस्मिक बैठक बोलाइएको छ । सुरक्षा प्रमुखहरुको पनि बैठक बोलाइएको छ ।

गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए ।

स्थानीयका अनुसार हेलिकोप्टर टुक्रा टुक्रा भएको छ ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताएका छन् ।

जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका छन् । उनका अनुसार अहिले पनि दुर्घटना भएको ठाउँमा धुँवाको मुस्लो देखिएको छ ।

सन् १९७९ मे ५ मा जन्मिएका अधिकारीको फेब्रुअरी २७, २०१९ मा निधन भएको छ ।

विमान दुर्घटनाबारे आधिकारिक धारणा राख्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारी ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: