काठमाडौं महानगरपालिकाद्धारा हरेक नगरपालिकालाई १ करोड रकम हस्तान्तरण, काम नगरे ब्याजसहित पैसा फिर्ता (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- काठमाडौं महानगरपालिकाले उपत्यकाभित्रका ९ वटा नगरपालिकालाई १-१ करोड रकम हस्तान्तरण गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मातहतका नौं वटा नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तरगत १÷१ करोड रकम हस्तान्तरण गर्नु भएको हो । हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम महानगरपालिकाले मातहतका सबै नगरपालिकालाई हस्तान्तरण गरेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिएका छन् । उनले सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने सर्त पनि राखिएको जानकारी दिनु भयो । हेरौं भिडियो रिपोर्ट 

यसअघि  काठमाडौं महानगरपालिकाले उपत्यकाभित्रका ९ वटा नगरपालिका हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ। - सम्पादक 
प्रकाशित मिति : Monday, February 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal