×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवस्थापन सम्मलेनमा अर्थमन्त्रीको तर्क,’झुण्ड-झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न सकिँदैन’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

व्यवस्थापन सम्मलेनमा अर्थमन्त्रीको तर्क,’झुण्ड-झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न सकिँदैन’ (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- अर्थमन्त्री युवराज खतिवडाले एकिकृत योजना अनुसार सडक लगायत सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताउनुभएको छ । व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताउनुभएको हो । 
उहाँले सम्पुर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताउनुभयो । उहाँले सडक, रेल, पानी जहाज देखि सम्पुर्ण यातायातका साधनस्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापन संगै सरोकारित संस्थाको भूमिका लगायत विषयलाई एकिकृत रुपमा योजना बनाई दीर्घकालिन सोच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायीक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधै तयार रहेको बताउनुभयो । उहाँले युवाहरुलाई व्यवस्थापनको साथै नेतृत्वमा ल्याउने गरि काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: