×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

आशा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको छ । नेप्सेले संस्थाको सुरुवाति कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँ ५ पैसादेखि ३०० रुपैयाँ १५ पैसासम्म रेन्ज तोकिदिएको थियो ।
यस्तै, सेयर कारोबारका लागि ‘एएलबीएसएल’ संकेत तोकिएको छ । कम्पनीले आइतबार २० लाख ७४ हजार कित्ता कत्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । यसले माघ १८ देखि २२ गतेसम्म बिक्री गरेको ६ लाख ७४ हजार कित्ता आइपीओे पनि सूचीकरण गराएको हो । उक्त आइपीओ ६२ हजार ९९३ जना लगानीकर्तालाई १० कित्ताको दरले बाँडफाँट गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: