चिलिमे जलविद्युतले २०% बोनस सेयर पठायो हितग्राही खातामा, नपाएकाले के गर्ने ?


काठमाडौं - चिलिमे जलविद्युत कम्पनीले २०% बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस १९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामै जम्मा गरिएको जनाएको छ । 

चिलिमेका अनुसार हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले डिम्याट गरेपछि मात्र बोनस सेयर पाउनेछन् । कम्पनीले पुस २७ गतेको वार्षिक साधारण सभाबाट पारित चुक्ता पुँजीको २०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस अहिले वितरण भएको हो । उक्त साधारण सभाबाट ५% नगद लाभांश पनि पारित भएको थियो ।
प्रकाशित मिति : Friday, March 15, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal