×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा नक्कली अडिटरको बिगबिगी, अनुगमन समितिका अध्यक्ष लाजै पचाएर भन्छन्, ‘हामीले त केहि देखेनौँ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

धनगढीमा नक्कली अडिटरको बिगबिगी, अनुगमन समितिका अध्यक्ष लाजै पचाएर भन्छन्, ‘हामीले त केहि देखेनौँ’

 धनगढी
  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  दृश्य १ । जहाँ ‘सीटि कन्सल्टेन्सी एण्ड एसोसीएट्स’ नामक कम्पनीले लेखापरिक्षण सेवाको बिज्ञापन गरिरहेको छ । यो कम्पनी न आइक्यानको सदस्य हो, न यसले लेखापरिक्षण सेवा दिन पाउँछ । यो फगत दलाल कम्पनी हो, जसले यो सेवा दिन्छु भनेर नियामक नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको नियमको धज्जी उडाईरहेको छ । लेखा व्यवसाय सम्बन्धि कामको कुनै पनि प्रचार गर्न नपाइने नियम यो कम्पनीलाई थाहा नभएर हो, वा थाहा भएर पनि पेलेको हो, उनैले जानुन् । तर खुलेआम रुपमा कोहि लेखापरिक्षकको लाइसेन्स भाडामा लिएर गैरकानुनी काम भइरहेको छ ।
दृश्य २ । धनगढीमा  ‘तेज कन्सल्टेन्सी एण्ड एसोसिएट्स’ लेखिएको बोर्ड मुनिको सटरमा ‘लेखा परिक्षण सेवा’ भनेर मात्र लेखिएको छैन, जोशी एण्ड एसोसीएट्सका नाममा लेखा परिक्षण सेवा दिनेसमेत उल्लेख छ । अझ सोहि सेवा संगै फोटोकपि देखि टाईपीङसम्मका सेवा दिने उल्लेख छ । यो सरासर गैरकानुनी काम हो । यसरी लेखापरिक्षण सेवा दिइन्छ भन्ने कसैले भन्न पाउँदैन । न त यसरी लेखापरिक्षण सेवाको प्रचार नै गर्न पाइन्छ । तर नियामक कमजोर भएपछी कसको के लाग्छ र ? खुलेआम यस्तो गैरकानुनी धन्दा चलिरहेको छ धनगढीमा ।      
दृश्य ३ । धनगढीमै बिसी एसोसिएट्स रजिष्टर्ड अडिटर भनेर प्रिन्ट देखिन्छ । त्यहाँसम्म ठिक थियो तर त्यसको वल्लो झ्यालमा त्यहाँ दिने सेवाहरुबारे उल्लेख छ । तर नियामकले त्यो देखिरहेको छैन । आइक्यानकै सदस्यहरुले यस्तो गैरकानुनी काम गर्दा पनि कसैको ध्यान पुगेको छैन ।     
 
अझ अचम्म ! अनुगमन समितिले भर्खर धनगढी घुम्यो तर केहि देखेन !
अझ अचम्मको कुरा त के छ भने नियामक आइक्यानको अनुगमन समितिको अध्यक्षसहितको टोलीले केहि समय अगाडी धनगढीको अनुगमन गरेको थियो । त्यहाँ उक्त समितिले एक होटलमा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको थियो । अन्तरक्रिया कार्यक्रममा केहि स्कुलमा लेखापरीक्षणसम्बन्धि समस्या देखिएको निष्कर्ष निकालियो । समितिको टोली धनगढी घुम्यो, ठुला ठुला गफ लडायो, र फर्क्यो । तर यसरी गल्ली गल्लीमा भेटिएका नियम विपरित कामहरुको चर्तिकला अनुगमन समितिले देखेन । देखोस् पनि कसरी, कोठे कार्यक्रम गरेर बजेट जो सक्काउनु थियो ।
आइक्यानको अनुगमन समितिका अध्यक्ष भन्छन्, ‘म आफैं गएको थिएँ, हामीले त त्यस्तो नियम मिचेको केहि देखेनौं’
धनगढीमा व्यापक रुपमा आइक्यानको नियमको धज्जी उढेको पाएपछी हामीले आइक्यानको अनुगमन समितिका अध्यक्ष मधुबिर पाण्डेलाइ फोन गर्यौं । उनले आफुले नियम विपरित केहि पनि नभेटेको लज्जास्पद प्रतिक्रिया दिए । ‘धनगढी म आफैं गएको हुँ । हामीले त्यहाँ एउटा अन्तरक्रिया पनि गर्यौं । स्कुलको अडिटमा केहि समस्या देखिएको पाइयो ।’ उनले भने । ‘अनि नियम विपरित बिज्ञापन गरेको, नक्कली अडिटर यता उता देखिएन ?’ भन्ने हाम्रो प्रश्नमा त उनको उत्तर झन् गैरजिम्मेवार आयो । ‘अहँ त्यस्तो बिज्ञापन गरेको भन्ने त देखिएन । नक्कली अडिटर त जहाँ पनि छन्, त्यहाँ पनि छन् होला ।’ यस्तो गैर जिम्मेवार जवाफ आएपछि हामीले अनुगमन समितिले के गरिरहेको छ भन्ने सोध्यौं । उनले उल्टै यस विषयलाई समाचार नबनाइदिन आग्रह गर्दै भने, ‘अव अनुगमन समितिले काम गर्छ । गरिरहेको छ । गलत गर्नेलाई पत्र काट्छौं । सचेत गराउँछौँ । त्यति गर्दा पनि भएन भने कारवाही गर्छौं । अनुगमन समितिले काम गरिरहेको छ ।’
ब्रान्डेड फर्मदेखि नयाँको समेत इन्ट्री, तल दलालकै कब्जामा छ बजार !
यता धनगढीमा पचिल्लो समय केहि ब्रान्डेड सिए फर्महरुले पनि शाखा खोलेका छन् । धनगढीमै केहि नयाँ गर्न चाहानेहरुले पनि आफ्नो सेवा विस्तार गर्न खोजिरहेका छन् । तर अधिकांस साना तथा मझयौला क्लाइन्ट दलालको कब्जामा छ । आइक्यानको सदस्यता नलिएकाहरुले एकातर्फ गैरकानुनी काम गरिरहेका छन् भने आइक्यानकै सदस्यता लिएका केहि रजिष्टर्ड अडिटरहरुले पनि गैरकानुनी काम गरिरहेका छन् । जसका कारण धनगढीको अधिकांस लेखा व्यवसायको बजार दलालको कब्जामा छ ।                          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: