एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं - एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रद सेयर आउने भएको छ । कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको छ । अहिले यही पुँजीको ३००% हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । अब निष्कासन हुने ३००% हकप्रदपछि भने पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Wednesday, March 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal