गरिमा विकास बैंक नयाँ शाखा ललितपुरको कुमारीपाटीमा, राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीद्वारा उद्घाटन

 ललितपुर
काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले विहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय जनाएको छ ।
प्रकाशित : Friday, March 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal