ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का


काठमाडौं - ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति(एक्वायर) गर्ने भएको छ । उक्त एक्वायर गर्ने सम्बन्धि बिहिबार दुई कम्पनीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतासँगै चैत १ गतेदेखि हाथवे फाइनान्सकाे सेयर काराेबार राेक्का भएकाे संस्थाले जानकारी गराएकाे छ ।

हाल ग्लोबल आईएमई बैंकको पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, हाथवे फाइनान्सको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । हाथवे फाइनान्सलाई प्राप्ति गरेसँगै ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ नाघ्ने छ ।


प्रकाशित : Friday, March 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal