सान्जेन जलविद्युत कम्पनीको ५४ लाख ७५ हजार कित्ता आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति !

काठमाडौँ - सान्जेन जलविद्युत कम्पनीले सर्बसाधारणको लागि आइपीओ बिक्री गर्ने भएको छ । सन्जेनले ५४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सान्जेन जलविद्युत कम्पनीमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्ने भएको छ । 

यसअघि सान्जेनले सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । कम्पनीले जारी पुँजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सान्जेन जलविद्युत आयोजना रसुवा जिल्लामा निर्माण भइरहेको छ ।
प्रकाशित : Monday, March 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal