×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकले किन निकाल्दैछ डेपुटी सीईओहरुलाई ? सीईओ परशुराम कुँवरले दिए यस्तो प्रष्टिकरण (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

जनता बैंकले किन निकाल्दैछ डेपुटी सीईओहरुलाई ? सीईओ परशुराम कुँवरले दिए यस्तो प्रष्टिकरण (भिडियो)

काठमाडौँ- बोर्ड, र सीइओको कार्यशैलीमा असन्तुष्ट हुँदै जनता बैंकमा सेकेन्ड लेयरका अधिकांसले एकैपटक जागिर छोड्न लागेको खबर यो साता चर्चामा रह्यो । अझ बैंकले कर्मचारीहरुको तलवमाथि अन्याय गरेको, बैंकमा काम गर्ने वातावरण नभएको लगायतका कारण देखाउँदै बैंकका डेपुटी सीईओहरुले छोड़न लागेको चर्चा पनि भयो । यता बैंकले उपदानका नाममा आफु अनुसारको नाम नगर्ने डेपुटी सीइओहरुलाई निकाल्न खोजेको भन्ने चर्चासमेत भयो । 
यतिसम्मकि बैंकमा प्रमोसन लिन आफ्नो मान्छे हुनुपर्ने, नेतृत्वले असाधारण टार्गेट दिने, बोर्डले अनुचित प्रेसर दिने, तलव १० दिन ढिलो आउने, बैंक छोड्दा ठुलो रकम काटिने लगायतका समस्या भएपछी जनता बैंकमा भविष्य नदेख्नेहरुले बैंक छोडेको बैंक छाडेका र छोड्न लागेका चर्चा पनि भयो । आखिर जनता बैंकलाई डेपुटी सीइओहरु निकाल्नु नै पर्ने के आपत आइलाग्यो त ? हामीले जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरलाई सोधेका छौं ।
स्मरण रहोस् अहिले बैंकले आफ्ना कर्मचारीहरुको तलवमाथि अन्याय गरेको भन्दै नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा समेत उजुरी परेको छ । हेर्नुहोस् भिडियो रिपोर्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: