कामना सेवा विकास बैंकको २ नयाँ शाखा सिराहाको लहान र गोलबजारमा

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. २ अन्तर्गत २ नयाँ शाखा सञ्चालन भएको छ । बैंकले सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा बुधबार ७१औँ र ७२ औँ शाखा कार्यालय स्थापना गरेको छ ।

बैंकका संचालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।
प्रकाशित : Thursday, March 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal