×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको २ नयाँ शाखा दाङ्गको घोराही र वर्दियाको गुलरीयामा, शाखा संख्या ११४ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको २ नयाँ शाखा दाङ्गको घोराही र वर्दियाको गुलरीयामा, शाखा संख्या ११४ पुग्यो

काठमाडौँ – मुक्तिनाथ विकास बैंकको २ नयाँ शाखा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा शाखा कार्यालय विस्तार गरेको छ । 
घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथिचौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथियादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे । 
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: