×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकले गर्यो थप ८ शाखा रहित बैंकिङ्ग सेवा सुरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकले गर्यो थप ८ शाखा रहित बैंकिङ्ग सेवा सुरु

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा आठ वटा शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले मादी गाउँ पालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको जानएको छ । माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ७३ वटा शाखा रहित बंैकिङ्ग सेवा सुचारु रहेको जानएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: