महालक्ष्मी विकास बैंकको नयाँ शाखा चाबहिलमा, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेलले गरे उद्घाटन

काठमाडौ - महालक्ष्मी विकास बैंकले काठमाडौँ महानगरपालिकाको चाबहिलमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उद्घाटन गरेको उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक द्वय राजेश कुमार रौनियार तथा रुपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।
प्रकाशित : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal