नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

काठमाडौं - नेपाल बंगलादेश बैंकले २० लाख इकाई ऋणपत्र जारी गर्ने धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले जारी गर्ने २० लाख इकाईमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । 


प्रकाशित : Wednesday, March 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal