×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक अवकाश काेषले बाँढ्यो ७० प्रतिशत लाभांश

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंक अवकाश काेषले बाँढ्यो ७० प्रतिशत लाभांश

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक अन्तर्गत संचालित एनसीसी बैंक अवकाश काेषले अवकाश पाएका कर्मचारीहरुलाई ७० प्रतिशत लाभांश वितरण गरेको छ । काेषले उक्त कर्मचारीहरुलाई २०७५ असार मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशत अर्थात ३ करोड ६२ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको हो ।
कोषले करिब २०० भन्दा बढी संघ संस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको छ ।
उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नाे संचित बचत भएको रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको छ । साथै, सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा पनि दिँदैै आईरहेको कोषले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: