×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको १२% बोनस सेयरसहित ३४% लाभांश पारित

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नबिल बैंकको १२% बोनस सेयरसहित ३४% लाभांश पारित

काठमाडौँ – नबिल बैंकले आफ्ना सेयरधनीलाई २२% नगद लाभांश र १२% बोनस शेयर प्रदान गर्ने भएको छ । शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैंकको ३४ औं साधारण सभाले गत आर्थिक वर्षको नाफबाट आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस शेयर दिने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ९८ करोड रुपैयाँ मुनाफा कमाएको जनाएको छ । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति सेयर आम्दानी ५०.२५ रुपैयाँ गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब रुपैयाँ र्पुयाएको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: