×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाईफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस पारित

PRIME CA

नेशनल लाईफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस पारित

१५ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्सको १३.५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ३०औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/७४(गत आव)को लागि चुक्ता पुँजीको सो मात्राको बोनस सेयर बितरण गर्ने छ । साथै, सभाले कर प्रयोजनको लागि नगद लाभांश एक करोड ८८ लाख रुपैयाँ पारित गरेको छ ।
गत आवमा कम्पनीले कूल ५०६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीका अध्यक्ष प्रेमा सिंहले बताएकी छिन् । सो अवधिमा कम्पनीले १६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको एवम् द्धज्ञ करोड रुपैयाँको खुद मुनाफा आर्जन अध्यक्ष सिंहले जानकारी दिएकी छिन् ।
यसैगरी आर्थिक वर्ष २०७३/७४को अन्तसम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तसम्ममा १७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
गत साधारण सभाबाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर र बोनस सेयर वितरण पश्चात कम्पनीको कूल चुक्ता पूँजी ३ अर्बभन्दा बढी इन्स्योरेन्सले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: