×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख इकाई ऋणपत्र आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख इकाई ऋणपत्र आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले निष्काशन गर्न लागेको २० लाख इकाईमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुने भने बाँकी रहेको १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: