नेपाल राष्ट्र बैंकले १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै

काठमाडौँ - नेपाल राष्ट्र बैंकले १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रिय बैंकले यसअघि विक्री भइसकेको ट्रेजरी बिललाई नविकरण गर्नका लागि बोलकबोलमा राखेको हो । केन्द्रिय बैंकका अनुसार ९१ दिन अवधिको ८ अर्ब २३ करोड, १ सय ८२ दिन अवधिको २ अर्ब र ३ सय ६४ दिन अवधिको ३ अर्ब ५६ करोड ११ लाख २५ हजार रुपैयाँ बारबरको ट्रेजरीबिल नविकरण गर्न लागेको हो ।

केन्द्रिय बैंकले जारी गरेको सूचना अनुसार ९१ दिन अवधिको बिल २०७६ असार ३ गते परिपक्व हुने छ । १ सय ८२ दिन अवधिको ट्रेजरी बिल २०७६ भदौ ३१ गते परिपक्व हुने छ भने ३ सय ६४ दिन अवधिको २०७६ चैत ४ गते परिपक्व हुने छ ।

राष्ट्र बैंकले सोमबार दिउसो ३ बजेसम्म बोलकबोलमा राखेको ट्रेजरी बिल मंगलबारदेखि जारी हुने समेत जनाएको छ ।


प्रकाशित मिति : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal