हिजो माओवादी युद्धताका जसलाई बैंक लुटेको आरोप लाग्यो, आज बैंककाे शाखा उद्घाटनमा उही अतिथि !

 धादिङ
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - २०५४ साल माघ महिनामा नेपाल बैंकको खहरे शाखाको २० लाख रुपैयाँ लुटियो । तत्कालीन नेकपा माओवादीले बैंक लुटेको कुरा बाहिर आयो । त्यहि प्रकरणमा जोडिएका थिए रामबहादुर भण्डारी नेता भण्डारी । उनलाई बैंक लुटेको आरोपमा ०५५ जेठ १८ गते सुरक्षाकर्मीले पक्राउ गरी अदालातमा मुद्धा चलेको थियो । तर अदालतमा नेपाल बैँकका तर्फबाट बयान दिने व्यक्तिले नेता भण्डारीले बैंक नलुटेको बयान दिएपछि भण्डारीले जितेका थिए । तर त्यो बेला नै बैंकका कर्मचारीहरुलाई माओवादीले यस्तै बयान दिन धम्क्याएको चर्चा पनि चलेको थियो । 

तर यस्तो आरोप लागेका नेताको आज बैंक प्रतिको दृष्टिकोण फेरिएको छ ।  कुनै बेला नेपाल बैंक लुटेको आरोप लागेका भण्डारीले २ सय ५८ औँ शाखाको रुपमा धादिङबेशीमा शाखा उद्घाटन गर्दा आफू नेपाल बैंकप्रति ऋणि रहेको भाषण गरे । आफूलाई सुरक्षाकमींबाट जोगाइदिएको स्मरण गर्दै उनले अव आर्थिक विकासका लागि नेपाल बैंकले गरिबका लागि काम गर्नुपर्ने बताए ।
प्रकाशित मिति : Sunday, March 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal