निर्धन उत्थान लघुवित्तले दियो मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम

काठमाडौँ - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिरगञ्ज पर्साले मृतक ग्राहक बिरगञ्ज महानगरपालिका १२ निवासी उषा कुमारी देबि को परिवारलाईबीमा क्षतिपुर्ति रकम दिएको छ । बिरगञ्ज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्यालले १ लाख ३८ हजार रुपैया मृतकका श्रीमान रमाकान्त महतो लाई मृत्यु क्षतिपुर्ति बापतको बिमा रकम बितरण गरे ।

हालसम्म संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरु मार्फत ग्राहकलाई लघुवित्त सेवा दिँदै आएको छ । संस्थाले गत माघ मसान्त सम्ममा ३ लाख ४१ हजार ३ सय ८४ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।
प्रकाशित : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal